दफा ११
मतपत्र बाहेक अन्य वस्तु खसाल्न वा राख्न नहुने
(१) कसैले पनि मतपत्र बाहेक अन्य कुनै वस्तु मतपेटिकाभित्र खसाल्न वा राख्न हुँदैन ।
(२) उपदफा (१) विपरीतको कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले पन्ध्र हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
तर मतपेटिकाभित्र मतपत्र बिगार्ने वा नष्ट गराउने वस्तु वा पदार्थ खसालेमा वा राखेमा दफा १२ बमोजिम सजाय हुनेछ ।